अमेरिका लगायत विभिन्न देश पठाईदिन्छु भन्दै १ करोड ६२ लाख बढी रकम ठगी गर्ने राजेश पक्राउ

काठमाडाैं | पुस १४, २०७९

अमेरिका लगायत विभिन्न देश पठाईदिन्छु भन्दै १ करोड ६२ लाख बढी रकम ठगी गर्ने राजेश पक्राउ सांकेतिक तस्बिर

काठमाडौंः  अमेरिका लगायत विभिन्न देशमा पठाईदिन्छु भन्दै १ करोड ६२ लाख ६हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले राजेश थापालाई प्रकाउ गरेको छ । 
 

ललितपुर महानगरपालिका–१ कुपण्डोल घर भई हाल काठमाडौं बुढानीलकण्ठ नगरपालिका–८ ओमनगर बस्ने ४४ वर्षीय राजेश थापालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौंको लैनचौरबाट बुधबार पक्राउ गरेको हो ।


थापाले विभिन्न व्यक्तिहरूलाई मासिक ३ लाख तलवका साथै ग्रिनकार्ड, पीआर र हङकङ आईडीसमेत बनाईदिने वैदेशिक रोजगारिको लागि अष्ट्रेलिया, अमेरिका, क्यानडा तथा हङकङ लगायतका देशहरूमा पठाइदिने भन्दै पीडितहरुबाट प्रतिव्यक्ति २५ लाख रकम रकम ठगी गरेको प्रहरीको आरोप छ ।

 

प्रकाउ परेका राजेशलाई मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद दफा २४९(१) र (२) बमोजिमको कसुरमा कानुनी कारवाही गरी सोही संहिताको दफा २५४ बमोजिम थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय काठमाडौं पठाएको प्रहरीले जनाएको छ । 
 

पोखरा:    ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ ।   गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...

थप पढ्नुहोस्

पोखरा ।   तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...

थप पढ्नुहोस्

पोखरामा ११ औं संस्करणको ‘मिस टिन इन्टरनेसनल २०२६’ आयोजना हुने भएको छ ।    लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रायोजन तथा इभेन्ट्स फर यू प्रालिको आयोजनामा हुने ‘मिस टिन इन्टरनेसन...

थप पढ्नुहोस्